
काठमाडौं।नेकपा (एमाले)मा वरिष्ठ उपाध्यक्षको पद नराख्ने र पदाधिकारीको संख्या घटाउने प्रस्ताव गरिएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका हुन् ।
जसमा ११ सदस्यीय पदाधिकारीको प्रस्ताव गरिएको छ ।
एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, पाँच सचिव रहने प्रस्ताव गरिएको हो ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट एक अध्यक्ष, वरिष्ठसहित सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव सात सचिव गरी १९ सदस्यीय पदाधिकारी चयन गरिएको थियो ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २०–२२ मा हुँदैछ ।
