काठमाडौं। नेकपा(एकीकृत समाजवादी) र वामदव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति भएको छ।
शुक्रबार अध्यक्ष नेपाल र गौतमले पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरले आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा दुई नेताले सहमतिपत्रमा हस्ताक्षर गरेको बताए।

अहिले पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको हो।
करिब दुई घण्टा लामो भेटवार्तामा नेताहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता तथा सहकार्यलगायत विषयमा छलफल गरिएको छ ।