काठमाडौं । नेकपा एमालेका साँसद एवं पूर्वमन्त्री गोकुल बास्कोटाले किसान मलको अभावमा भैरहँदा मलको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले असार लागेपछि मल र कृषि मन्त्री दुबै गायव भएको कटाक्ष गरे ।
संसदमा उनले भने-“कृषि मन्त्री म यहीँ छु भनेर रन्किनुहोला । तर असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति हुन्छ । भुकम्पमा राहत बाँडेजस्तो १० केजी मल बाँडेर कृषिको उत्पादन बृद्धि कसरी हुन्छ?
सत्तारुढ दलका साँसद बास्कोटाले भने -“तत्काल मलको व्यवस्था गरियोस।”