काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । केही स्थानमा ‘धेरै भारी’सम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन दिउँसो कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
“बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाद्वारा आइतबार बिहान जारी बुलेटिनमा उल्लेख छ, “देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।”
“वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
महाशाखाका अनुसार धेरै वर्षाको सम्भावना दिउँसोभन्दा राति बढी रहेको जानकारी दिए । अरू केही मौसमविद्ले पनि आज बेलुका/राति पश्चिम नेपालका केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएका छन् ।