
काठमाडौं।आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएको छ ।
मंगलबार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
जसलाइ सभाले बहुमतले पारित गर्यो ।
बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू अनुपस्थित थिए ।
ती दुई दलका सांसद गत जेठ १३ गते यता प्रतिनिधिसभाको कामकारबाहीका सरिक भएका छैनन् ।
मंगलबार बजेट पारित हुँदा पनि दुवै दलका सांसदहरू सभामा थिएनन् । प्रतिपक्षी दलको विरोध र अवरोधका बीच सभा सञ्चालन हुँदै आएको छ ।