
पनौती,काभ्रे।पनौती नगरपालिका नगर सभाको सत्रौं अधिवेशन स्थगित भएको छ।
हिजो सोमबार आगामी आर्थिक वर्ष २०८२र८३ को नीति, कार्यक्रम र बजेट पारित गर्ने कार्यसूची थियो । यद्यपी बजेटको सिलिङका विषयमा कुरा नमिल्दा अन्तिम समयमा नगर सभा स्थगित भएको हो ।
नगर प्रमुख रामशरण भण्डारीका अनुसार स्विकृत कार्यसूची र समयतालिका बमोजिम उपस्थिती पुस्तिकामा जनाइएको हाजिरीका आधारमा सभा सञ्चालनका लागि आवश्यक गणपुरक संख्या नपुगेकाले सभा स्थगित गरिएको हो ।
ृउनले अर्को बैठक असार ११ गते वुधबार बस्नेगरी स्थगित भएको जानकारी दिए ।
विपद् केन्द्रित नीति, कार्यक्रम र बजेट ल्याउने उनले बताएका छन् । कार्यपालिकाले गरेको निर्णय नगर प्रमुखले उल्ट्याएको भन्दै एमालेबाट निर्वाचित नगर सभा सदस्यहरु अनुपस्थित भएका थिए । उप–प्रमुख गिता बञ्जाराले भनिन कार्यपालिकाले स्विकृत गरेको नीति, कार्यक्रम र बजेट नगर प्रमुखले नमान्दा समस्या उत्पन्न भएको हो।
कार्यपालिकाले निर्णय गरेको पारित गरेको बजेट सिलिङ भन्दा ४ करोड ८५ लाख थपिएर बजेट आएको उनले बताइन् । कार्यपालिकाले निर्णय नगरेको विषयलाई मानेर अघि बढ्न नसक्ने उनले स्पष्ट पारिन् । कार्यपालिकाले १ अर्ब ६१ करोड ११ लाख ११ हजार रुपैयाँको बजेट ल्याउने सहमति भएको उनले बताइन् । थपिएका विषय पुनः कार्यपालिकाले निर्णय गर्नुपर्ने आफुहरुको माग रहेको उपप्रमुख बन्जाराले जानकारी दिइन् ।
नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूअनुपस्थित भएका कारण सोमबारको नगरसभा स्थगित भएको हो ।

