काठमाडौं । जिल्ला अदालत कास्कीले रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको छ । सूचना अधिकारी सुरज अधिकारीकाअनुसार लामिाछानेमाथि अनुसन्धान गर्न ६ दिनको म्याद दिइएको हो ।
न्यायाधीश नवराज दाहालको इजलासले उनीमाथि अनुसन्धान गर्न समय दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका हुन् ।