काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ । भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
दिउँसोभन्दा राति धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागका मौसमको बुलेटिन अनुसार “आज दिउँसोभन्दा राति वर्षा गराउने प्रणाली धेरै सक्रिय हुनेछ,राति गण्डकीदेखि सुदूरपश्चिम प्रदेशसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।”
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
बुलेटिन अनुसार “काठमाडौं आसपासका क्षेत्रमा भने भारी वर्षा पनि हुनसक्ने सम्भावना छ ।”
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।



