काठमाडौं । सरकारले मानव विकास सूचकांकमा उल्लेख्य सुधार भएको जानकारी गराएको छ।
अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठका आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो सूचकांक बढेर ०.६२ प्रतिशत पुगेको जानकारी गराएका हुन्।
यस्तै सडक लम्बाई कच्चीसमेत जोडेर ३६ हजार १३२ किलोमिटर पुगेको छ।
इन्टरनेट ग्राहकको घनत्व १४४ प्रतिशत पुगेको तथा ७२ प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजन पुगेको उनले जानकारी दिए ।