
काठमाडौं । संघीय संसदको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्धारा चालु आर्थिक वर्ष मुलुकको अर्थतन्त्र विस्तार ४।६१ प्रतिशत हुने अनुमान सार्वजनिक भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री पौडेलले मुलुकको समग्र आर्थिक, सामाजिक एवम् भौतिक विकास स्थिति समेटिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।
प्रदेशगत रूपमा मधेस, कोसी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दामाथि भएको पनि उनले बताए ।