
काठमाडौं । यस वर्षको ‘रण -अम्बिका सेवा पुरस्कार’ नेपाल स्रष्टा समाजलाई प्रदान गरिने भएको छ ।
रण -अम्बिका शाह सेवा गुठी नेपालले वर्षेनी प्रदान गर्दै आएको उक्त पुरस्कारबाट समाज यस पटक पुरस्कृत हुन लागेको रण -अम्बिका शाह सेवा गुठी नेपालका अध्यक्ष डा.चिन्तामणि योगीले जानकारी दिए ।
नगदराशी रु.१ लाख ११ हजार १ सय एघार रुपैयाँ सहित नेपाल स्रष्टा समाजलाई पुरस्कृत गर्न लागिएको हो ।
आगामी जेठ १७ गते वार्षिक उत्सवको अवसर पारेर नेपाली शिक्षा परिषद,लेखनाथ साहित्य सदनमा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिने आयोजकले बताए ।

समाजसेवी रणबहादुर शाह (गोते बाबु) र उनकी श्रीमती अम्बिका मल्लको नाउँमा स्थापित रण–अम्बिका शाह सेवा गुठी नेपालले गत वर्ष सिर्जनात्मक कला गुठी नेपाल धोविघाटकी संस्थापिका उर्मिला गर्ग उपाध्याय र दाङको पाण्डवेश्वर महादेव मन्दिर, धारपानीलाई ‘रण–अम्बिका सेवा पुरस्कार’ प्रदान गरिएको थियो ।
