
काठमाडौं । संघीय संसद्मा सरकारले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट आज प्रस्तुत गर्दै छ ।संवैधानिक प्रावधान अनुरुप
जेठ १५ गते बजेट पेस गर्न संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्न लागेका हुन् ।
दिउँसो ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यक्रम छ ।
