काठमाडौं। कुनैपनि मुद्धामाआदेश गर्ने न्यायाधीशहरूमाथि नियोजित ढंगले मानमर्दन गर्दा न्याय सम्पादनमा अनपेक्षित अवरोध हुने भन्दै यसतर्फ संवेदनशील रहन सर्वोच्च अदालतले आदेश गरेको छ।
हिजो शुक्रबार नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रवि लामिछाने र छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै संवेदनशील रहन आदेश जारी गरेको हो।
सुनुवाइ क्रममा नायब महान्यायाधिवक्ता र जाहेरवाला पक्षका वकिलहरूले बहस गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट आदेश गर्ने न्यायाधीशहरू विरूद्ध सामाजिक सञ्जालमा लाञ्छनापूर्ण र अशोभनीय टिकाटिप्पणी भएको उल्लेख गरेका थिए।
“नियोजित ढंगले न्यायाधीशहरुको मानमर्दन गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध (Obstruction of Justice)हुन जाने भएकाले त्यसतर्फ संवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिएको छ,|”आदेशमा भनिएको छ।
यस विषयमा न्यायाधीशहरू सुवेदी र ढकालको इजलासले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
