
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने अब थुनामै रहने भएका छन्। सर्वोच्चले उच्च अदालत बुटवल इजलासको आदेश सदर गर्दै रवि र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश सदर गरेको हो ।
उनकी पत्नी निकिता पौडेलले लामिछाने लाई थुनामुक्त गर्नुपर्ने माग राखी पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्चका न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले खारेज गरेको हो ।
सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् तर त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ । उच्च अदालत तुलसीपुरले दिएको आदेश सर्वोच्चले पनि शुक्रबार राति सदर गरेपछि उनी थुनामुक्त हुने प्रयास असफल भएको छ ।