
काठमाडौं । नेपाल बार एशोसिएसनका नवनियुक्त अध्यक्ष विजय मिश्रले नेपाल बार एशोसिएसनसँग राज्य प्रणालीको इज्जत बढाउने नैतिक पुँजी भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल बार एशोसिएशनको वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन्
अहिलेको परिस्थिति भिन्न रहेकाले भिन्नै तवरबाट समस्याहरुको समाधान हुनुपर्ने बताउँदै उनले आफूहरूले अध्ययन, तालिम, बार एशोसिएसनको भवन निर्माण, सजावट अनि वकिलहरुको क्षमता वृद्धिको लागि काम गर्ने प्रतिवद्धता जनाए ।
‘ अहिले परिस्थिति बेग्लै छ । हाम्रो मानक भनेको अध्ययन, तालिम, बार एशोसिएसनको भवन निर्माण, सजावट अनि वकिलहरुको क्षमता वृद्धिको लागि रहनेछ’ उनले भनेका छन् ।
अध्यक्ष मिश्रले वकिलसँग काम लिएर आउनेहरुलाई तुरुन्तै सेवा प्रदान गर्नुपर्ने पनि बताए ।

