काठमाडौँ । World Migratory Bird Dayको अवसरमा शनिबार काठमाडौँको सामाखुसीस्थित रानीबारी क्षेत्रमा चरागणना कार्यक्रम सम्पन्न गरिएको छ ।
Bird Conservation Nepal (बिसिएन) को समन्वयमा आयोजित कार्यक्रममा सहभागीहरूले रानीबारी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराहरूको अवलोकन तथा गणना गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले बिहानैदेखि रानीबारी क्षेत्रमा पुगेर चराहरूको गतिविधि अध्ययन गर्दै विभिन्न प्रजातिका चराहरू अभिलेखीकरण गरेका थिए । चरागणनाका क्रममा स्थानीय तथा बसाइँसराइ गर्ने चरासहित अनेकौँ प्रजाति भेटिएको सहभागीहरूले बताएका छन् ।
- रोज–रिङ्ड प्याराकिट (हरियो सुगा)
- कमन टेलरबर्ड
- रेड–भेन्टेड बुलबुल
- ग्रे–हुडेड वार्बलर
- ओरियन्टल म्याग्पाइ–रोबिन (कालोचरी)
- भर्डिटर फ्लाइक्याचर

चराको संरक्षण, प्राकृतिक वातावरणप्रति जनचेतना अभिवृद्धि तथा जैविक विविधताको महत्वबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । रानीबारी क्षेत्र शहरी वातावरणभित्र रहेको महत्वपूर्ण हरियाली क्षेत्रका रूपमा परिचित छ, जहाँ विभिन्न समयमा अनेकौँ प्रजातिका चराहरू देखिने गरेका छन् ।