
काठमाडौं। “चरा प्रकृतिको महत्वपूर्ण अंग मानिन्छन्। उनीहरूले वातावरणको सन्तुलन कायम राख्न ठूलो भूमिका खेल्छन्। जंगलमा पाइने विभिन्न प्रजातिका चराहरूले बीउ फैलाउने, कीरा नियन्त्रण गर्ने र वातावरणीय प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छन्।
आज हाम्रो चरा अवलोकन कार्यक्रम मुर्खु भञ्ज्याङ हुँदै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र आयोजना गरिएको थियो। बिहान साढे सात बजे मुर्खु भञ्ज्याङको चेकपोइन्ट अगाडि २६ जनाको टोली भेला भएका थियौँ। कार्यक्रमको समन्वय हाम्रो कोर्डिनेटर स्याङ्गेम रुम्बाले गर्नुभएको थियो।
चार घण्टाको अवलोकन अवधिमा हामीले करिब ४ किलोमिटर हिँड्दै करिब ६० देखि ७० प्रजातिका चराहरू अवलोकन गर्न सफल भयौँ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण क्षेत्र भएकाले यहाँ विभिन्न प्रजातिका चराहरू अवलोकन गर्न पाइन्छ, जसले प्रकृति संरक्षणप्रति पनि सचेतना बढाउने विश्वास गरिएको छ।

चरा अवलोकनका लागि Bird Conservation Nepal का सदस्यहरू पनि सहभागी हुनुहुन्थ्यो। जसमा ललित सर र प्रशन्न सर लगायतका विशेषज्ञहरूले विद्यार्थीहरूलाई चरा पहिचान गर्ने तरिका र चरा अवलोकनबारे जानकारी दिँदै प्रत्यक्ष अवलोकन गराउनुभएको थियो।

“कार्यक्रममा सहभागी विद्यार्थीहरूले चरा अवलोकनमार्फत प्रकृति र जैविक विविधताबारे नयाँ जानकारी प्राप्त गरेका छन्। यस्तो कार्यक्रमले वातावरण संरक्षणप्रति सचेतना बढाउन पनि महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूको भनाइ छ।” शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण क्षेत्र भएकाले यहाँ विभिन्न प्रजातिका चराहरू अवलोकन गर्न पाइन्छ, जसले प्रकृति संरक्षणप्रति चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।







