काठमाडौँ। विश्व बातावरण दिवस २०८२ को प्लास्टिक लाइ परास्त गरौ नारा बाट सुरु भएको यस बर्ष को अभियान लाई जापान बाट उच्च शिक्षा पुरा गरि फर्केका एवं नेपाल का बिभिन्न उच्च कार्यालय, विश्व बिद्यालय मा कार्यरत जापानिज युनिभर्सितिज आलुमनी एसोशियसन नेपाल का सदश्यहरुले रानी पोखरीको प्रांगण मा लाली गुराँस र पैयुँ बिरुवा रोपी सम्पन्न गरेका छन।

उक्त अवसरमा नेपाल स्थित जापानी दुतावासका प्रथम सेक्रेटरी हारा सहित काठमाडौँ माहानगर पालिका वडा २७ का वडा अध्यक्ष श्री योगेश कुमार खड्गी, वडा २८ का अध्यक्ष भाई राजा, हरियाली प्रबन्धन का महासचिब कपिल, रत्नपार्क का प्रमुख दामोदर लामा, रानी पोखरीका संयोजक वल कुमार केसी , जाल्सान सस्थाका सुभद्रा राजभण्डारी तथा कर्मचारी लगायतले सहभागी जनाउनु भएको थियो ।

उक्त अवसरमा जुआन का अध्यक्ष डा. पवन भट्टराई ले सबै लाइ स्वागत गर्दै यस बर्ष को विश्व बातावरण दिवसमा राजधानी को प्रमुख एतिहासिक स्थल रानी पोखरी मा नेपाली बिरुवा पैयुँ र राष्ट्रिय फूल लाली गुराँस रोप्न पाएकोमा काठमाडौँ महानगर पालिका लाई धन्यवाद दिनु हुदै ,भविष्य मा यस्तै कार्यमा संयुक्त रूपमा सहभागी हुन सक्ने आशा पनि ब्यक्त गर्नु भयो
रत्न पार्कका प्रमुखले रत्न पार्क को बिगतको इतिहास बताउनु हुदै पैयुँ, साकुरा र लालीगुराँस जस्ता महत्वपूर्ण बनस्पति रानी पोखरीमा रोपिन , यहाँ घुम्न आउनु हुने स्थानीय पर्यटक, बिद्यार्थी तथा सर्बसाधारण का लागि बिभिन्न फूल बिरुवा को संरक्षण र महत्व बारे जानकारी हुनुका साथै स्वास्थ र मनोरंजन एवं बातावरण सुधारमा कदम पहल बडन जाने कुरा औल्याउनु भयो I ऊप्त अवसरमा नेपाल र जापान को मित्रता झल्किने नेपाली गीत पनि प्रस्तुत भएको थि