
वीरेन्द्रनगर। सुर्खेतको वीरेन्द्रनगरमा ढकमक्क फूलेका गुलमोहरले आन्तरिक पर्यटक बढाइरहेका छन् । अरुबेला सुनसान जस्तै देखिने घण्टाघरदेखि नगरपालिका जाने बाटो र घण्टाघर पार्कमा गुलमोहरसंगै फोटो खिच्नेको भीड लाग्ने गरेको छ । गुलमोहरले वीरेन्द्रनगरको शोभा बढाएको छ ।




गुलमोहोरको पृष्ठभूमिमा पैसा लिएर फोटो÷भिडियो खिचिदिने व्यवसायिक फोटोग्राफरले समेत राम्रो आम्दानी गरिरहेका छन् । उनीहरुले प्रतिफोटो २० रुपैयाँ र भिडियोको ५० रुपैयाँ लिने गरेका छन् ।







