
काठमाडौं ।हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
तराईका थोरै स्थानहरुमा हल्का हुस्सु पनि लागेको छ।
बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।








