काठमाडौ । सोमबार राति र मंगलबार विहानीपख काठमाडौमा बर्षा भएको छ । यद्यपी पनि यहाँको बायु प्रदुषण उत्तिक्कै छ । उपत्यकाकोे प्रमुख स्थानहरुमा वायु प्रदुषणको तह बढी नै छ ।
वातावरण विभागको सोमबार मध्यान्ह १२.३० बजेको रेकर्ड अनुसार भक्तपूरको एक्यूआई१२७,ललितपू्र खुमलटारको ११४ शंखपार्कको १०३ पुगेको थियो भने भैसेपाटीमा ९७ पुगेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार ५० यूक्यूआई भन्दा माथिको वायु अस्वस्थकर हुन्छ । एक्यूआई मार्फत हावामा आँखाले देख्न नसकिने प्रदुषणको मात्रा नापिन्छ ।