काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम शनिबारको तुलनामा आइतबार बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार बिहान ५.४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ।
शनिबार न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो।
काठमाडौंमा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।
आइतबार बिहान काठमाडौंको आकाश बादलले ढाकेका कारण न्यूनतम तापक्रम केही बढेको हो ।






