काठमाडौं ।काठमाडौंमा बिहानपख चिसो केही बढेको छ।
केही दिनअघि बिहानको समयमा काठमाडौंका आकाश बादलले ढाक्दा चिसो कम महशुस भएपनि बिहीबारदेखि काठमाडौंका आकाश खुल्न थालेका छन्।
आज पनि काठमाडौंका आकाश केही खुल्ला रहँदा तुलनात्मक रूपमा बढी चिसो महशुस भएको छ।
शुक्रबार बिहान ६ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार ४.५ डिग्री सेल्सियस मापन भएको थियो।
आज दिनभरि काठमाडौंको मौसम मुख्यतया सफा रहने पनि महाशाखाको पूर्वानुमान छ। अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने आकलन छ ।