राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको लागि विश्वव्यापी गठबन्धनको बिहीबारको उद्घाटन सत्रमा मुख्यवक्ताका रुपमा सामाजिक न्यायसँगै जलवायु न्यायलाई पनि कम आँकेर भूल्न नहुने विचार ब्यक्त गरेका छन् ।
स्वीजरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सभामा उनले सो कुरा बताएका हुन् । जलबाय परिवर्तनको नकारात्मक असरहरुको सन्दर्भमा जलवायु जोखिममा रहेका देशहरुलाई पर्याप्त सहयोग र आबश्यक प्रविधि उपलब्ध गराएर जलवायुमाथि तुरुन्त न्याय सुनिश्चित गर्न पौडेलले जोड दिएका छन् । नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराव असरहरुको मार खेपिरहनुपरेको उनको गुनासो थियो । जलवायु पपरिवर्तनले संसारको सबेभन्दा अग्लो शिखर सगरमाथा सहित विभिन्न उच्चहिमशिखरहरुले हिउँ गुमाएर काला पहाडहरुमा परिवर्तन हुनुपर्ने जोखिम बेहोरिरहेको यथार्थलाई उनले जोड दिए ।
राष्ट्रपति पौडेलले श्रमको यथोचित सम्मानको परिपाटी विकास गर्नुपर्ने धारणा राखे । श्रमिकलाई समानता र न्याय दिलाएरु सामाजिक न्यायका माध्यमबाट दीगो विकास लक्ष्य हासिल गर्न सकिने बताए । अन्तर्राष्ट्रिय समुदायलाई शान्ति हतियारबाट प्राप्त हुने कुरा नभएको भन्दै साझा विश्ववन्धुत्वको भावनाबाट मात्र दुनियाँमा शान्ति आउने धारणा राखे ।