काठमाडौ।
नवौं संस्करणको जारी आईसीसी टी २० विश्वकपमा आयोजक राष्ट्र वेस्ट इन्डिजले विजयी शुरुवात गरेको छ ।
गएराती भएको खेलमा पीएनजीलाई ५ विकेटले पराजित गरेको हो । पिएनजीले दिएको १३७ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
वेस्ट इन्डिजको जीतमा रोष्टन चेजले अविजित ४२ रन बनाएका थिए । यसैगरी ब्राण्डन किंगले ३४ र निकोलस पुरनले २७ रन बनाएका थिए ।
पिएनजीले टस जितेर ब्याटिंग गरेको थियो । उसले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको थियो ।यो जीतसँगै वेस्ट इन्डिजले महत्वपूर्ण दुई अंक जोडेको छ ।