काठमाडौं । मिस नेपाल २०२४ को उपाधिका लागि २६ जना सुन्दरीले प्रतिष्पर्धा गर्ने भएका छन् । देशभरबाट डेढसय सुन्दरीहरुले अडिसन दिएकामा २६ जना प्रतिष्पर्धी छनौट भएका छन् । विभिन्न ११ विधामा यसपटक सहविधा सञ्चालन हुने जनाइएको छ । आयोजक संस्था द हिडन ट्रेजरले यसवर्षको ग्राडफिनाले ललितपूरको सनराइज कन्भेन्सन सेन्टरमा हुने जनाएको छ ।