काठमाडौं । चलचित्र कलाकार संघले विदेशी फिल्ममा कोटा लगाउन र कर वृद्धि गर्न सरकारसँग आग्रह गरेको छ ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बधाई दिन पुगेको संस्थाको टोलीले विदेशी फिल्ममा कर बढाउ र कोटा लगाउ चलचित्र कलाकार संघ सो अबसरमा आफ्ना मागहरु समेत मन्त्री समक्ष प्रस्तुत गरेको छ ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार संसदबाट चाँडो फिल्म ऐन पास गर्न पहल गर्नुपर्ने, फिल्म सम्बद्ध संस्थालाई वार्षिक अनुदानको व्यवस्था गर्नुपर्ने, चलचित्रकर्मीको अक्षय कोषमा रकम वृद्धि गरिदिन संघले अनुरोध गरेको छ ।