काठमाडौं । रिलिज डेट नजिकिए सँगै चलचित्र ‘कार्साङ’ले प्रचारप्रसार सुरु गरेको छ । पोस्टर र क्यारेक्टर तस्बिरमार्फत ‘कार्साङ’ले पब्लिसिटी सुरु गरेको हो ।
सुरुमा दयाहाङ राई फिचर्ड पोस्टर आउट गरेको निर्माण पक्षले त्यसपछि जितु फिचर्ड पोस्टर सार्वजनिक गरेको छ । केही दिन अगाडि मात्रै निर्माण पक्षले जितु र दीयामास्के फिचर्ड पोस्टर सार्वजनिक गरेको छ ।
लगातार जितु नेपालफिचर्ड पोस्टर निर्माण पक्षले किन सार्वजनिक गरिरहेको छ । मुख्य कलाकार दयाहाङ राई हुन् भने किन लगातार जितुका पोस्टर सार्वजनिक भएका हुन् ।
निर्माण पक्षले लगातार जितु फिचर्ड पोस्टर सार्वजनिक गर्नुले कतै ‘कार्साङ’मादयाहाङ राई मुख्य भूमिकामा नभएर जितु नेपाल त छैनन् भन्ने शंका उब्जाएको छ । जितु पनि लगातार मुख्य भूमिकामा देखिन थालेकाले यो शंका गर्ने ठाउँ पनि छ ।
दसैँमा जितु मुख्य भूमिकामा रहेको चलचित्र ‘ज्वाइँ साब’ रिलिज भएको थियो । उक्तचलचित्रले राम्रो हाइपपनिबनाएको थियो ।
यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ पुस २६ गते पदर्शन हुँदै छ ।
शेर्पा समुदायको संस्कृतिमाआधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीयामास्के, बुद्धि तामाङ, सृष्टिगौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित लगायतको अभिनय छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंमहुन् । सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।
यो चलचित्रको अन्तर्राष्ट्रियवितरक अधिकार हुल्याइ भेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।