काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा झण्र्र्ड ६१ अंकको गिरावट आएको देखिएको छ । चारदिन मात्रै कारोवार हुँदा तीन दिन नेप्से परिसूचक घटेको थियो । सोमवार एकदिन भने अलिकति बढेको थियो ।
साताका ४ कारोवार भएका दिनमध्ये तीन दिन नै उच्च अंकले नेप्से परिसूचक घटेसँगै २०६९ अंकमा आएर रोकिएको थियो । साताको शुरुवाती दिनमा परिसूचक २१३१ अंकबाट शुरु भएको थियो । उच्च गिरावटको परिसूचक आएपछि साताभर १७ अर्ब रुपैयाँ बरावरको कारोवार भएको देखियो ।
परिसूचक घटेसँगै नेप्सेको कूल बजार पूँजीकरण ३२ खर्ब ८१ अर्ब रुपैयाँ कायम भएको छ । यो अघिल्लो साताको तुलनामा ३ प्रतिशतको गिरावट हो ।