काठमाडौँ ।विदेश पलायन हुने युुवाहरुको सँख्या एक वर्षमा ७ लाख ४१ हजार पुग्यो ।
देशमा बेरोजगारी ब्याप्त छ । उद्योग कलकारखाना पनि थपिन सकेका छैनन्। राजनीतिक अस्थिरताले मूलुक गाँजेको छ । आफ्नो भविश्यको सुनिश्चिता नदेखेर युवाहरु विदेश पलायन दिनानुदिन भैरहेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेश गएका छन् । आव २०७९/८० को तुलनामा यो संख्या थोरै मात्र कम हो ।
२०७९/८० मा ७ लाख ७१ हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । वैदेशिक रोजगार विभागका अनुसार यो नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो ।
विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले मलेसियाले आप्रवासी श्रमिकको भर्नामा रोक लगाउँदा यो संख्यामा कमि आएको बताए । मलेसियाले सन् २०२३ को मार्च महिनादेखि विदेशी कामदारको भर्नामा रोक लगाएको पनि उनले जानकारी दिए।