
काठमाडौ ।कांग्रेसको समर्थनमा बन्न लागेको केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा को को जाँदैछन् भन्ने टुंगो लागिनसके पनि दुवै पार्टीमा यसबारे चर्चा बाक्लिएको छ ।
एमालेबाट अर्थमन्त्रीमा उपाध्यक्ष विष्णु पौडेल जाने पक्का रहेको भन्ने राजनीतिक वृत्तमा चर्चा चल्दै गर्दा एमाले उच्च स्रोतले पनि यहि बताएको छ ।अनुभवी र परिस्थिति झेल्न सक्ने, परिणाम दिन सक्ने पात्रलाई पठाउने तयारीमा एमाले रहेको पनि स्रोतले बतायो । चुनाव जितेको सांसद हुनुपर्ने, अनि अहिले देखिएको संकट टार्न भूमिका खेल्न सक्ने नेता नै मन्त्री बन्ने मापदण्ड बनाएको एमालेले पौडेल अर्थमन्त्रीको रुपमा चर्चामा आउनु अनौठो नभएको मान्न सकिन्छ ।


