काठमाडौं । साताको अन्तिम दिन बिहीबार बजारमा नेप्से २४.७६ अंकले घटेर २६२८ अंकमा झर्यो । आज नेप्से परिसूचक २,६२८.९१ विन्दुमा बन्द भएको हो ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम बढेको छ । कारोबार रकम भने बढ्दै ११ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।
सबै समूह सूचक ओरालो लागेका छन् । व्यापार समूह सबैभन्दा धेरै २.४७ प्रतिशत घट्यो ।पन्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । तीन कम्पनी-पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य भने १० प्रतिशतले घटेको छ ।अधिकारक कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, बुटव ल पावर, सिंगटी हाइड्रो, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत् परेका छन् ।





