काठमाडौं । देशका करिब ९९ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै देशको कुल ९९ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको जानकारी गराए ।
यो वैकल्पिक विद्युतीकरणको समेत तथ्यांक हो । यस्तै, देश विद्युत् जडित क्षमता ३६०२ मेगावाट पुगेको छ ।
संघीय संसदको संयुक्त बैठकमा उनले उक्त कुरा जानकारी गराएका हुन् ।