काठमाडौं ।आइतबार बजारमा नेप्से परिसूचक ८.५७ अंकले घटेर बन्द भएको छ ।नेप्से परिसूचक २६७९.९८ विन्दुमा बन्द भएको हो ।
आज सात अर्ब ६० करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ । १४८ कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल ल्युब आयलको सेयर मूल्य स्थिर छ ।
कारोबारमा आएका १३ मध्ये माइक्रोफाइनानस र व्यापार समूहको परिसूचक बढेको छ । आज माइक्रोफाइनान्स समूहको परसूचक २.३२ प्रतिशतले बढेको छ । व्यापार समूहको परिसूचक ०.१३ प्रतिशतले बढेको छ ।







