काठमाण्डौ – सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ४२ हजार रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले बढेर एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ आज पनि हिजोजस्तै घटबढ भएन । आज चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।