काठमाडौं । नेप्से परिसूचक १४.५३ अंकले घटेर बन्द । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज परिसूचक ०.५४ प्रतिशतले घटेर २,६४७.०७ विन्दुमा नेप्से २६४७ अंकमा कायम भएको छ ।
आज कारोबार सुरु भएको आठ मिनेटमै बजार २६७६ अंकमा पुगे पनि त्यसपछि बजार निरन्तर ओरालोमा रह्यो । नेप्सेका अनुसार, आठ अर्ब ९१ करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सोमबार १० अर्ब ८७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
७८ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १६७ कम्पनीको सेयरमूल्य घटेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमूल्य भने ८.४५ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका १३ मध्ये फाइनान्स र व्यापार समूहको परिसूचक बढेको छ । बाँकी ११ समूहको परिसूचक घटेको छ ।
सोमबार सेयर बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ ।