काठमाडौं । साताको पहिलो दिन आइतबार दोस्रो सेयर बजार मापक अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५४.६२ अंकले घटेको छ ।
नेप्से परिसूचक २६१४.६८ विन्दुमा बन्द भएको हो ।बजार खुलेदेखि नै निरन्तर ओरालोमा देखियो । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको भयो ।
यस दिन १३ कम्पनीको सेयर मूल्य बढेको छ । २३० कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.३४ प्रतिशतले घटेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.७२ प्रतिशतले बढेको छ ।
६ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गएको बिहीबारको तुलनामा कारोबार रकम बढेको छ । बिहीबार चार अर्ब ५६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ ।