काठमाडौं ।साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४६.३३ अंक घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार २,८०० विन्दु माथि रहेको नेप्से २७७२ अंकमा कायम भएको छ ।
यस दिन २४ कम्पनीको सेयरमूल्य बढेको छ । यो सहित लगातार पाँचौं दिन बजार घटेको छ ।बजारको अंक घटे पनि कारोबार रकम उस्तै छ ।अघिल्लो दिन १० अर्ब १० करोडको कारोबार भएकोमा आज १० अर्ब ९ करोडको भयो ।
कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेका छन् कुल २४ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने २ को स्थिर रह्यो । यस दिन सबै सेक्टर घटेका छन् ।
अन्य सेक्टर सबैभन्दा धेरै २.६९ प्रतिशत घट्यो । ।गार्गियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ।