काठमाडौं । नेपालीबजारमा आज सुनको मुल्य छ सय रुपैयाँले घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यछ सय रुपैयाँले घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम छ ।
आइतबार छापावाल सुन मूल्यतोलामा १ लाख ५० हजार २०० रुपैयाँकायमभएको थियो ।
छापावाल सुनको मूल्य मंगलबार भने घटेर सोमबार भने सार्वजनिकबिदाभएका कारण सुनचाँदीको मूल्य निर्धारणभएको थिएन ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँकायमभएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँकायमभएको छ ।