पनौती,काभ्रे ।जनमैत्री वचत तथा ऋण सहकारी संस्थाको पाँचौं वार्षिक साधारण सभाबाट नव निर्वाचित अध्यक्ष श्री राजकुमार सापकोटाले पदबहाली गरेका छन् ।
पदबहाली पछि आजै बसेको पहिलो सञ्चालक समितिको बैठकले जीवन साहारा(पेन्सन)बचत योजना कार्यक्रम ,शैक्षिक बाल बचत योजना, जनमैत्री गुणात्मक बचत योजना, बाढी पहिरो पिडित अवास पुनःनिर्माण ऋण लागु गर्ने र विभिन्न उप- समितिहरूको गठन सहितको महत्वपूर्ण निर्णयहरू गरेको साकोसका प्रमुख ब्यवस्थापक बेदप्रसाद सापकोटाले इ खबर नेटलाई जानकारी दिए ।