काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बृद्धि गरेको छ ।
नेपाल आयल निगमका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको हो ।
यसैगरी इन्धनको मूल्य पनि बढाइएको छ । खाना पकाउने ग्याँसमा भने मूल्य यथावत राखिएको निगमले जनाएको छ ।