काठमाडौं । सहकारीपीडित र प्रहरीबीच झडप भएको छ । ललितपुरबाट काठमाडौंको माइतीघर मण्डला पुगेका सहकारीपीडितहरूबीच बुधबार दिउँसो झडप भएको हो ।
सहकारीमा बचत गरेको आफ्नो रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारीपीडितहरूले बुधबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
झडपमा परेर केही प्रर्दशनकारी घाइते भएका छन् ।