काठमाडौ । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक सुरु भएको छ ।
सभामुख देवराज घिमिरेको उपस्थितिमा उक्त बैठक सुरु भएको हो ।
गत जेठ १५ गते गठन भएको समितिको सभापति एमाले साँसद सुर्य थापा रहेका छन् भने समितिमा एमालेबाट सरिता भुसाल,काग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे,माओवादीबाट लेखनाथ दाहाल,सास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुववहादुर प्रधान सदस्य रहेका छन् । यसलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ ।