काठमाडौं| पछिल्लो दुई कारोबार दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा बुधबार रोकिएको छ । नेप्से परिसूचक २६ दशमलव शून्य सात अंकले घटेर दुई हजार पाँच सय ९७ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।
आज फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
सबैभन्दा बढी निर्जीवन बिमा समूहमा एक दशमलव ८२ प्रतिशतको गिरावट देखिएको छ । बैंकिङ शून्य दशमलव ७१, विकास बैंक एक दशमलव ३८, होटल तथा पर्यटन एक दशमलव ७९, जलविद्युत् एक दशमलव ७४, लगानी एक दशमलव ५२ र जीवन बिमा शून्य दशमलव ४० प्रतिशतले घटेको छ ।
शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । यस्तै स्वरोजगार लघुवित्त र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज कारोबार रकममा पनि कमी आएको छ । हिजो साढे ७ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३ सय १० वटा कम्पनीका १ करोड ५१ लाख कित्ता शेयर ६ अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् ।






