धम्मपद शृङ्खला -२८
अप्रमाद वर्ग
२८. पमादं अप्पमादेन यदा नुदति पण्डितो ।
पञ्ञापासादमारुय्ह असोको सोकिनिं पजं ॥ ८ ॥
जब ज्ञानीले अप्रमादद्वारा प्रमादलाई दूर भगाउँछ, तब ऊ प्रज्ञाको महलमा चढेर, शोकरहित भई चिन्ताग्रस्त मानिसलाई त्यसैगरी हेर्दछ जसरी धैर्यवान्ले मूर्खलाई
हेर्दछ, जसरी पर्वतको टाकुरामा बसेको व्यक्तिले फेदीमा दुखजिलो गरिरहेका मानिसलाई हेर्दछ ।