झापा । झापा जिल्लाको माइखोलामा अविरल बर्षाको कारण आएको बाढी किसानको खेतमा पस्दा मकैबालीमा ठूलो क्षति पूगेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रनाउ कृष्णबहादुर चन्दका अनुसार झापा २ ,सुगाबथान नजिक करिब ५० बिघाको मकैबाली बाढीको कारण नष्ट भएको छ ।
यसैगरी गएरातिकै बाढीले झापा ३,गौरीगाउँमा दुई बिघा खेतको परालमा चट्याँग लागेर आगलागी भएको छ ।