
काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा एट्लेटिको म्याड्रिडले सेभियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
एट्लेटिकोको जितमा अलेक्स बाएनाले दुई तथा अडेमोला लुकम्यानले एक गोल गरेका थिए । बाएनाले खेलको चौथो र ३३औँ मिनेटमा गोल गरेका थिए भने लुकम्यानले २६औँ मिनेटमा गोल गरेका थिए ।
सेभियाका लागि मिगेल सिएराले ६६औँ मिनेटमा एक गोल फर्काएका थिए । त्यसपछि सेभियाले गोल थप्न नसक्दा एट्लेटिकोले ३-१ को जित सुरक्षित गरेको थियो ।
जितसँगै एट्लेटिकोले तीन खेलबाट सात अंक जोडेको छ । टोलीले लिगमा दुई जित र एक बराबरीको नतिजा निकालेको छ । त्यस्तै सेभियाको भने तेस्रो खेलमा यो पहिलो हार हो ।







