
काठमाडौँ । स्पेनिस क्लब रियाल मड्रिडले यूईएफए च्याम्पियन्स लिगमा इटालीको रोमाविरुद्ध ४–३ को रोमाञ्चक पुनरागमन जित निकालेको छ ।
बुधबार ओलिम्पिको रंगशालामा पाहुना टोली रियाललाई जित दिलाउन किलियन एमबाप्पे, कार्लोस एस्पी, एन्ड्रिक र एन्टोनियो रुडिगरले गोल गरे । रोमाका डोन्येल मालेनले दुई तथा मार्टेन डे रुनले एक गोल गरे ।
खेलको २०औँ मिनेटमा रुनको गोलमार्फत रोमाले अग्रता लिएको थियो । तर, टोलीले त्यसलाई लामो समयसम्म टिकाउन सकेन ।
गोल व्यहोरेको पाँच मिनेटपछि नै एमबाप्पेले रियाललाई बराबरीमा ल्याए । मालेनले ५१ र ५८औँ मिनेटमा गोल गर्दा रोमा ३–१ ले अगाडि बढ्यो ।
दुई गोलले पछि परेको अवस्थामा खेलको अन्त्यतिर सानदार प्रदर्शन गर्दै रियालले जित निकाल्यो ।
एस्पीले ३ र एन्ड्रिकले ८५औँ मिनेटमा गोल गर्दै रियाललाई ३–३ को बराबरीमा ल्याए ।
निर्धारित समयको अन्तिम मिनेटमा रुडिगरले गरेको गोल रियालको जितमा निर्णायक बन्यो ।
यो एमबाप्पेको १००औँ च्याम्पियन्स लिग खेल थियो । यससँगै २७ वर्षिय एमबाप्पे च्याम्पियन्स लिगमा १०० खेल खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
