
पोखरा । सर्जक वसन्त खनालले लेखेको निर्बन्ध–आख्यानकृति ‘वेध’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
यो उनको पहिलो कृति हो ।
स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. कुसुमाकर न्यौपाने लगायतले उक्त कृति सार्वजनिक गरे ।
यस कृतिमा २६ वटा समसामयिक निर्बन्ध–आख्यान रहेको जनाइएको छ ।
खनालको कृति ‘वेध’ साकिरा प्रतिष्ठानले प्रकाशित गरेको हो ।पुस्तकको मूल्य रु.७५०। रहेको छ ।


