
काठमाडौँ ।एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को आकर्षक ट्रफीको टुर मधेश प्रदेशको बीरगन्ज र जनकपुरमा गरिने भएकोछ ।
उपत्यका बाहिर पहिलोपटक ट्रफी टुर गर्न लागिएको हो ।नेपाल भलिबल लिगमा मधेशको प्रतिनिधित्व गर्ने टोली मधेश वारियर्सको समन्वयमा ट्रफी टुर हुन लागेको हो बीरगन्जमा बुधबार र जनकपुरमा बिहीबार भब्य समारोह बीच ट्रफी टुर गर्ने कार्यक्रम छ ।

यसअघि नेपालमै पहिलोपटक हुन लागेको पुरुष फ्रेन्चाइज लिग एनभीएलको आकर्षक ट्रफी ऐतिहासिक शहर पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र बसन्तपुर दरबार स्क्वायरमा पनि ट्रफी सार्वजनिक गरिएको थियो ।
त्यस्तै मधेश वारियर्सले ट्यालेन्टबाट लिनु पर्ने १ जना खेलाडीको छनोट पनि गर्ने छ । छनोट बिहीबार बीरगन्ज र शुक्रबार जनकपुरमा हुनेछ । नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गर्न लागेको एनभीएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।







